सुर्खेत। जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २४ औं स्थापना दिवश सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। स्थापना दिवशको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रम गरी आज स्थापना दिवश मुल समारोह समापन गरीएको छ।
विभिन्न कार्यक्रम गरी आज पौष १८ गते मुल समारोह कार्यक्रम समापन गरिएको छ उक्त मुल समारोह कार्यक्रम संस्थाका कोषाध्यक्ष श्री नवराज कडेंल को सभाध्यक्षमा, वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख श्री निलकण्ठ खनाल ज्यू को प्रमुख आतिथ्यतामा, तथा अतिथिहरु, वीनपा ४ का वडा अध्यक्ष शेर बहादुर के.सी., समाजसेवीद्धय लिलाधर गौतम, हेम प्रसाद पन्त, लगाएत सम्पूर्ण सञ्चाक समिति, उपसमितिका पदाधिकारीहरु, सम्पूर्ण कर्मचारीहरु लगाएत को सक्रिय उपस्थितिमा सम्पन्न भएको कार्यक्रम संस्थाका सञ्चालक एवंम् शाखा सुवरीवेक्षक श्री कृष्ण प्रसाद गौतले सञ्चालन गर्नुभएको सुचना अधिकारी भोज प्रसाद आचार्यले जानकारी दिनुभयो।
पौष ८ गते देखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रममा ८७ जना नयाँ शेयर सदस्यहरुलाई सहकारी शिक्षा शिविर सञ्चालन, पौष १२ गते ११७ जना जेष्ठ सदस्यहरुको सुगर, प्रेसर लगाएत स्वास्थ्य जाँच तथा बिशेषज्ञ परामर्श सेवाक, पौष १३ गते, पौष १३ गते लागु औषध तथा दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम ५ वटा विद्यालयका १८ वर्ष भन्दा मुनीका ८७ जना बालबालिकाहरुका विच सम्पन्न, पौष १६ गते सरसफाई कार्यक्रम, पौष १७ गते ७० बसन्त पार गर्नुभएका करिव ३०० जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान सहित तातोपानि खाने थर्मस उपहार वितरण, यसैगरी आज पौष १८ गते करिव ३०० जना विभिन्न विद्यालयमा अध्ययनरत यस संस्थाका बाल सदस्यहरुलाई कक्षा प्रथम, द्दितिय, तृतिय पुरस्कार तथा एस.ई.ई र कक्षा ८ मा सर्वोउत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्रालाई नगद पुरस्कार प्रदान, त्यसैगरी, नियमित मासिक बचत तर्फ १२ जना, स्वएैच्छिक बचत तर्फ १२ जना सदस्य विभिन्न शिर्षकाका कर्जामा नियमित किस्ता तिर्ने तर्फ गोलाप्रथा बाट ७ जना, सर्वाधिक शेयर खरिद गर्ने तारा कुमारी रावत, सर्वार्धिक स्वएैच्छिक बचत तर्फ चन्द्रा गिरी पन्त, सर्वाधिक आवधिक बचतमा हेम प्रसाद पन्त, सर्वाधिक बाल बचत तर्फ प्रज्ञा पाण्डे, दैनिक बचत तर्फ सरजु लामा, सर्वाधिक गृहिणी बचत तर्फ ममिता वि.क.लाई सम्मान तथा पुरस्कृत गरीएको थियो।
२४ औं स्थापना दिवशको अवसरमा सवैभन्दा जेष्ठ सदस्य सम्मानमा ईन्द्र गिरी, संस्थापक सदस्य सम्मानमा विनोद भट्ट, उत्कृृष्ट कर्मचारी सम्मानमा सुर्वण दहाल, उत्कृृष्ट सेवा व्यवसाय डिल्ली प्रसाद पाण्डे, उत्कृृष्ट उद्योगी तर्फ रिता खत्री, उत्कृृष्ट व्यापार तर्फ सन्तोष कुमार शाही लाई सम्मान गरीएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
3
+1
+1