याम बहादुर वि.क, दैलेख ।
भनिन्छ हरेक मान्छे एउटा न एउटा समस्या लियर जन्मिन्छ । तर म समस्या र अभावमा जन्मिएँ । मेरो सङ्घर्ष सुनेपछि सायद हर कोहिको आँखा रसाउँछ । आजभन्दा २२ वर्ष अगाडि दैलेख जिल्लाको तत्कालिन खड्कवाडा गाउँ विकास समिति वडा नं ६ (हाल गुराँस गाउँपालिका ३) खुम भन्ने गाउँमा मेरो जन्म भयो । म नजन्मदै मेरो हजुरबुबा मानसिक रोगी अनि हजुरआमा शारिरिक अपाङ्गता भयकोले हिड्डुल गर्न सक्नुहुन्नथ्यो । मेरो बुबा घरको जेठो सन्तान भयका कारण घरको सबै जिम्मेवारी आफ्नै काधमा भयपछि स्कुल पढ्न पाउनुभयन रे । बुबाममिको बिहेपछि हामी दुई भाई(दाइ र म) को जन्म भयपछि अङ्कलहरुपनि जिम्मेवार भैसक्नुभयको थियो । विनाकारण ससुराको नमिठो गालि दिनदिनै सहन नसकेपछि ममिले छुट्टिएर बस्ने निधो गर्नुभयछ । बुबालेपनि त्यस कुरालाई सहजै स्विकार गरेर घरको सम्पुर्ण जिम्मा अङ्कलहरुलाई सुम्पियर हामी परिवारदेखि छुट्टियर अर्काको गोठमा बसेर केही वर्ष गुजार्यौ ।
घरको आयश्रोत त केही थियन सिरिफ बुबाको मजदुरि गरेको कमाई बाहेक । बुबाको आधा जिन्दगि भारतमै वित्यो । त्यहि कमाईले हाम्रो खाने बस्ने साहारा भयको थियो । केही वर्षमा आफ्नो सानो घर बनायर गोठको बसोबास छोड्यौ । त्यसैबेलादेखि नै ममि बिरामि हुनुभयो । कहिकतै केही गर्दापनि निको नभयपछि बुबाले भारत सम्म पनि पुर्याउनुभयो । तर निको भयन । त्यसपछि आफ्नै घरमा फर्किनुभयो । हुर्किदै गरेका सन्तान र बिरामि श्रीमतीको अवस्था देखेर बुबा कहिल्यै आरामले बस्न पाउनुभयन । विधालय जाने उमेर भयपछि म गाउँकै प्राथमिक विधालयमा भर्ना भएँ । ममि सँधैको बिरामि निको नभयपछि सबैले देविदेताको खेल हो आफ्नो घरमा बस्न हुदैन भनेपछि हामी अर्कैको गोठमा बासस्थान मागेर बस्यौं । बुबा फेरि भारत जानुभयो । हामी बसेको केही महिनामै त्यहि गोठमा आगलागि भयो हाम्रो उठिबास भयो । हामी सँग त्यस्तो सम्पति त केही थियन तर भयको पनि सबै जल्यो। आफ्नो सामान त जलेर गयपनि मागेर खाउँला तर अर्काको गोठनै जलेपछि के गर्ने भन्ने चिन्ता थपियो । ममिले गाउँका सबैसँग सक्ने सहयोग मागेर गोठमा छानो बनाईदिनुभयो । बाल्यकाल त्यस्तै समस्या र अभावमा वित्यो ।
बुबाममिले कहिल्यै सुखको सास फेर्न पाउनुभयन । ५ कक्षा पास भयपछि म घर नजिकैको बजारको स्कुलमा पढ्न जानुपर्ने भयो । म ६ कक्षामा भर्ना भएँ । घरमा जस्तोसुकै समस्या भयपनि म विधालय चाहिँ नियमित जान्थे । टिफिन टाईममा सबै साथिहरु बजारको पसलमा खाजा खान जान्थे म कहिले दौडेर घरमा गयर खायर आउँथे नभय भोकै पढ्थेँ । म लगभग घरको समस्या बुझ्ने भैसकेको थिएँ । अरुको देखासिखि गरेर मैले कहिल्यै पनि बुबा ममिलाई भुटो गरिन । अभावमै धेरै समस्या झेले । म वर्णले कालो,दलित अनि गरिब परिवारको बालक । यी ३ कुराले म सँधै अपहेलित हुन्थेँ । आफ्नै कक्षाका साथिहरुले बेन्चमा मलाई गाली गरेर लेख्थे । कहिले त कपिमै लेखेर म बस्ने बेन्चको मुनि फालेको भेटाउथेँ । मलाई साह्रै अपहेलित भयको महसुस हुन्थ्यो तरपनि कसैलाई सुनाउदैनथे । यस्तो देख्दा मलाई धेरैपटक विधालय छोड्नपनि मन लाग्थ्यो तर आफैले आफैलाई सम्हालेर छोडिन । नजानेको कुरा सोधुँ भने गाउँमा कोहि सिकाउने मान्छे पनि थियन । जति सिक्यो विद्यालयकै सिकाई मात्रै भयो । घरको अभावले गर्दा आफ्ना रहरहरु पनि कहिल्यै बुबाममिलाई सुनाईन । चाडबाड आउँदा अरुको घरमा खसी बोका काट्थे तर हामी एउटा कुखुरा काट्यौं भनेपनि भोलि पाहुना आयभने फेरि ल्याउन सकिँदैन भनेर आदि मासु नखायरै राख्थ्यौं । यतिसम्म पनि भोग्न परेको छ कि होलि खेल्न रहर लागेर जान लाग्दा पैसा नभयर बाटोमा भेट्टायको २ रुपैया ले होलि मनायर घर फर्किएको यो मनस्पटलमा ताजै छ । म ८ कक्षामा पढ्थे त्यो वर्ष ममिलाई बिरामि अलि सारो भयो । ममि मामाघरमा बस्न थाल्नुभयो । दाईपनि ममिसँगै मामाघरमा बसेर स्कुल पढ्ने । बुबा अर्को गाउमा काम गर्न जाने उतै बस्नुहुन्थ्यो । कहिलेकाहि मात्र घरमा आउनुहुन्थ्यो ।
घरमा गाईगोरु र ३/४ वटा बाख्रा थिय । अनि घरमा म मात्र यक्लै । बिहान खाना पकाउँदा गाई बाख्रालाई घाँस काट्ने समय नपुग्ने अनि घाँस काट्यो खाना पकाउने समय नहुने । त्यसैले एक छाक खाना पकायर त्यसैलाई ३/४ छाक खान्थे र स्कुल जान्थे । दिनहरु यस्तै संघर्षमा बितिरहेका थिए । त्यो वर्ष स्कुलमा एउटा संस्थाले बाल क्लब गठन गर्यो म बाल क्लबको सचिव बने । त्यो बेला मलाई क्लबमा बसेर के हुन्छ के गर्नुपर्छ भन्नेकुरा केहिपनि थाहा थियन । यउटा जिम्मेवारी भने थपियो । घरको जिम्मेवारी त छदै थियो । सँधैको शुक्रबार बुबा घरमा आउनुहुन्थ्यो । त्यो शुक्रबार आउनुभयन । “केही सामान चाहियमा मेरो नाम लियर गाउको पसलबाट ल्याउनु ” भनेर बुबा जानुभयको थियो । त्यो शनिबार मसँग लुगा धुने साबुन र खाने नुनु सँगै सकिएको थियो । मसँग २० रुपैयाँ मात्र थियो साबुन र नुन लाई २०/२० गरि जम्मा ४० रुपैयाँ तिर्नुपर्ने भयो । पसलेले उदारो दिन नमानेपछि मलाई साबुन भन्दा नुन जरुरि लाग्यो नुन मात्र ल्यायर फर्किएँ । बाटोमा आउदा मनभरि कुरा खेले म अब पढ्न छोड्छु बुबा सँगै काम गर्न जान्छु बुबालाई सघाउछु भनेर सोचे तर एक मनले मानेन । साबुन बिना नै लुगा धुन पानिमा चोपले । आँखा आँसुले भिजेका थिए । एकजना अण्टिले मेरो समस्या बुझिहाल्नुभयो र आफ्नो साबुन दिनुभयो । मैले लुगा धोएँ । सँधै जस्तो यस्ता अभाव र समस्या आईरहन्थे । एकदिन त्यहि संस्थाले मेरो गाउँमापनि बालक्लब गठन गर्यो म अध्यक्ष बनें । त्यस लगत्तै जिल्लामा तालिमको लागि गएँ । त्यसपछि म झनै जिम्मेवार बनें । स्कुलले पनि अर्को संस्थासँग छात्रवृत्ति को लागि सिफारिस गर्यो । ८ देखि १० कक्षासम्म छात्रवृत्तिमा पढेँ ।
यसै बिचमा पालिका र जिल्ला स्तरिय बाल संवालको अध्यक्ष हुदै प्रदेश स्तरिय बालसन्जालको उपाध्यक्ष बने । त्यसपछि धेरै तालिम र कार्यक्रमहरुमा जानू पर्ने भयो । म कुनैपनि तालिम र कार्यक्रम नछुटाई जान्थे । कहिले तालिममा जान लाई पनि घरमा पैसा हुदैनथ्यो गाउँमा आफन्तहरुसँग सापटि मागेर जान्थे र तालिममा दियको यातायात र पकेट खर्च ल्यायर तिरिदिन्थे । आफ्नो गाउँघर छोडेर कहि टाढा नगएको म क्लब मार्फत जिल्लादेखि राजधानि सम्मका कार्यक्रमहरुमा पनि सहभागी भएँ । भक्तपुरमा भयको अन्तराष्ट्रिय बाल चित्रकला प्रतियोगितामा छनोट पनि भयको थिएं तर भोटिङमा ईन्डियाले जितेछ । यस्ता अन्य धेरै प्रतियोगिताहरुमा पनि भाग लिएँ । आफ्नो कर्ममा पनि त्यतिनै मेहेनत गरेँ । गाउँमा बाल अधिकार,बाल विवाह न्युनिकरण,मदिरा नियन्त्रण तथा बनजंगल संरक्षण जस्ता अभियान चलाएं । काम गर्दै जादा पत्रपत्रिका र बाल समाचारहरुमा मेरो नाम देख्न थाले । म दुखमा जन्मियको भयपनि साोच्चिकै भाग्यमानि रहेछु सोच्थे आफैलाई । विधालयमा हुने अतिरिक्त क्रियाकलापहरुमा नियमित भाग लिन्थें । धेरैजसो प्रतियोगिताहरुमा पुरस्कारपनि जित्थे र त्यहि पुरस्कारलेपनि पढाइ लेखाइमा सहज भयको थियो । कक्षा ८ पछि मेरो पढाइ खर्च परिवारले बेहोर्नुपरेन । १० कक्षा पास भएँ । त्यसै वर्ष राष्ट्रिय बाल पुरस्कार प्राप्त गरेँ । त्यहि पुरस्कारको पैसाले घरको छानो जस्ता पाताले छायौं । जिवनका कठिन परिस्थितिहरुको सामना गर्दै , राष्ट्रिय स्तरकै पुरस्कार प्राप्त गर्न सक्षम भयपछि दुख र समस्यालाई चिर्दै अगाडि बढ्नुपर्छ भन्ने हुटहुटि बढेर आयो । कक्षा ११/१२ पनि नियमित पास गरेँ । लगत्तै त्रिभुवन विश्व विधालयमा स्नातक तहमा भर्ना भएँ ।
म एउटा विद्यार्थी हुँ । आफ्नो पढाई र घरको दुखले गर्दा रोडका ढुङ्गा बोक्नेदेखि होटेलका भाँडा माझ्ने सम्मका काम गरेँ । १८ वर्ष उमेर पार गरे । बाल्यकाल सकियो । त्यसपछि गाउँमा कृषि सहकारि संचालन गरेर पालिकासँगको साझेदारिमा तरकारिका लागि प्लाष्टिक टनेल निर्माण, पोखरि निर्माण, बीउ विषादि वितरण जस्ता अभियान चलाएं । त्यहि समयमा पालिकामा युवाको क्षेत्रमा काम गर्ने अर्को संस्था आयो र युवाहरुको यउटा संजाल बनायो । म पालिका स्तरिय युवा संजालको अध्यक्ष बनें र युवाको क्षेत्रमा काम गर्ने अवसर पाएँ । त्यस सन्जाल मार्फत नै नमुना युवा गाउँसभाको अध्यक्ष बनें । नमुना प्रदेश युवा संसद र संयुक्त राष्ट्र संघिय नमुना अभ्यासमा समेत सहभागी भएं । यस अवधिसम्म विभिन्न क्षेत्रमा स्वयमसेवक भयर काम गर्ने अवसर पाएँ । म लगभग परिवारिक भन्दा सार्वजनिक कार्यमा नै बढि समय बिताउन थालेँ । म युवा अवस्थाको भैसक्दापनि बुबाममि को दुख जिउँ का तिउँ देख्दा अब जागिर खायर बुबाममिलाई सघाउनुपर्छ भन्ने सोच आयो । र ती सबै सार्वजनिक जिम्मेवारीहरुलाई थाति राख्दै म सरकारि सेवामा जोडिएँ । म अहिलेपनि मेरो घर परिवार,समाज र देशलाई नै नियालिरहेको छु । मलाई लाग्छ मेरो विगत जस्तै भोगिरहेको जो कोहिपनि मेरो अथवा यो भन्दा माथिल्लो ठाउँ सम्म पुग्न सकोस् भन्ने कामना गर्दछु । मेरो सपना जागिर भन्दा स्वयमसेवक भयर समाजको सेवा गर्ने थियो । तरपनि सानिसलाई अभावले छोडेनभने चाहेकै जस्तो नहुने रहेछ । मेरो यहाँसम्मको यात्रामा सघाउनुहुने सम्पुर्णलाई धेरै सम्झना सहित मेरो यो सङ्घर्षको कथा पस्केको छु । धन्यवाद