
बाजुरा । आज बाजुरामा ३५० जना बालबालिकाका लागि ट्र्याकसुट (न्यानो कपडा) वितरण गर्दै सामाजिक सेवाको उच्च उदाहरण प्रस्तुत गरिएको छ। यस कार्यमा दिनरात खटिने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गर्दै प्रमुख आयोजकले सेवा नै धर्म भएको बताएका छन्।
यो अभियानमा त्रीबेणी नगरपालिकाका मेयर कर्ण बहादुर थापा, विद्यालय टिम, र विशेष गरी यो सहयोग मा VCN कि सामाजिक अभियान्ता राधा मताङ्ग्गि को महत्त्वपूर्ण भूमिका रहेको थियो। बालबालिकाका लागि यो सहयोगले उनीहरूलाई जाडो मौसममा न्यानोपनको अनुभूति दिलाउनेछ।
सामाजिक सेवाको यो यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, आयोजकले सबैप्रति आभार प्रकट गरेका छन्। यस्तो सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। “सेवा नै धर्म हो,” भन्ने मुल नाराका साथ आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने घोषणा गरिएको छ।


























