सुर्खेत। सल्यान जिल्ला बनकाड कुपिण्डे नगरपालिका ३ नं. वडा बस्ने वर्ष ४६ का मोहन कामी बिगत ४ वर्ष देखि दुबै मृगौला फेलभइ सिकिस्त बिरामी भएर थला परेको अबस्था छ।

उनको साथमा श्रीमती हुरमती बस्छिन् । दिनभर मोहनकै खुट्टा मालिस गर्ने,सेवामा व्यस्त छिन्। निम्न वर्गीय परिवारमा जन्मिएकै कारण उनको परिवारको दयनिय स्थिति रहेको छ। उपचार गर्ने खर्च धान्न उनको परिवारलाई धेरै गार्हो भएको छ।

सामान्य जीवन निर्वाह गर्दै आएका जब मोहनको जिवनमा बज्रपात आइलाग्यो तबबाट आर्थिक समस्याले झनै सताउन थालेको छ। खेती किसानी गरेर जोडेको सम्पत्ति पनि उपचारमै सकियो। मोहनको परिवार हाल वीरेन्द्रनगर-०४ कालागाउ, कर्णाली प्रदेश हस्पिटल नजिक डेरामा बस्दै आएका छन्।
सन्तानहरुमा दुई वटा छोरा र एउटि छोरी रहेका छन्। दुई छोराहरु भर्खरै १४,१५ वर्षको सानो उमेरमै भारत निस्किएका छन् भने छोरी फुपुकै घरमा बस्छिन् । घरमा खानलाउन समस्या भएपछी पढाई छाडी बाध्यताले छोराहरु भारत हिडेका हुरमती बताउछिन्।
मोहनको घरको आर्थिक अबस्था अत्यन्तै कमजोर भई उपचार गर्न नसक्ने भएकाले साथै दुई छाक टार्न नि गार्हो भएको हुँदा निजलाई आर्थिक सहयोग गरिदिनुहुन अनुरोध छ।
सहयोगका लागि सम्पर्क नम्बर र खाता:
मोहन कामीको श्रीमती हुरमती : 9866931936
कृषि विकास बैंक लिमिटेड
खाताको नाम: हुर्मती कामी
खाता नम्बर : ०७२०९०५२२१८१३०१४
भिडियो हेर्नुहोस ;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0