काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ ।

मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् ।आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै  भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0