सुर्खेत। सुर्खेतको शुभ होटलल प्रांगढमा फुड फेस्टिवल आयोजना गरिएको छ । निजी व्यवसायीहरुको लगानीमा आयोजित फुड फेस्टिवल पुस १३ गते शनिबारदेखि पुस १६ गतेसम्म संचालन हुनेछ ।

शुभ होटल प्रा.लिका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको फुड फेस्टिवलमा ३ दिन सबैका लागि निशुल्क प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । भने १६ गते अंग्रेजी नयाँ वर्षको दिनमा टिकट शुल्कसहित डिनर सहितको विषेश अफरको व्यवस्था गरिएको छ ।

फुड फेस्टिवलमा स्थानीय रैथाने बालिका विभिन्न परिकार प्रर्दशनी गरिनेछ । स्थानीय रैथाने बालि प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुड फेस्टिवलमा ४८ वटा स्टल रहने होटल संचालक तथा कर्णाली प्रदेश उद्योग वाणिाज्य संघ अध्यक्ष पदम बहादुर शाहीले बताए ।

उनका अनुसार कर्णालीका कृषकका विभिन्न उत्पादन प्रदर्शनीमा राखिने छन् । जसमा साना किसान तथा व्यवसायीका लागि १५ वटा स्टलको व्यवस्थापन गरिएको छ ।

उनले भने ‘प्रवेश निशुल्क छ । सबैजना आएर रमाउनुका साथै स्थानीय खाजाका परिकारको स्वाद लिनुहोला । महंगो छैन ।’ साथै हुुड्के लगाएत परम्परागत सांस्कृतिक प्रस्तुति समेत देखाउने छ । भने उद्योग व्यवसायी र कृषकको हितका लागि कर्णालीका उद्योग, पर्यटन मन्त्रालय र कृषि मन्त्रालयमा मन्त्री र सचिवसहितको टोलीसँग अन्तक्रिया कार्यक्रम गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0