सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०२५ का लागि मिति २०८१ साल ९ महिना २० गतेका दिन वीरेन्द्रनगर जुनियर जेसिसको २० औं साधारणसभा बाट अध्यक्ष पदमा निर्वाचित जु जेसी जीवन प्रसाद जैसी भएका छन। सन् १९९६ मा स्थापना भएको वीरेन्द्रनगर जुनियर जेसिसले हालसम्म २० वटा अध्यक्ष पाएको छ।
वीरेन्द्रनगर जुनियर जेसिसले व्यक्तिको व्यक्तित्व नेतृत्व निखार्दै उसमा रहेको अन्तर्निहित प्रतिभा वा व्यक्तिगत कलालाई प्रस्फुटन गरी सामाजिक कार्यहरू गर्दै आइरहेको छ। वीरेन्द्रनगर जुनियर जेसिजलाई वीरेन्द्रनगर जेसिसले सन् १९९६ मा मातृत्व प्रदान गरेको हो। हाल समाजमा वीरेन्द्रनगर जुनियर जेसिसले सरसफाई, नेतृत्व, व्यक्तित्व, संसदीय बैठक प्रणाली, motivation training, public speaking training, LOM training लगायत धेरै समाज सुधारक कार्यक्रम आयोजना गरेको छ।
वीरेन्द्रनगर जुनियर जेसिज का निमित्त वर्ष २०२५ का लागि निर्वाचित अध्यक्षले आफ्ना वार्षिक भावी कार्यक्रमहरू संस्थाको पद हस्तान्तरण समारोहमा बताउने जानकारी दिए। यस साधारण सभामा संस्थाको तत्कालीन अध्यक्ष वर्ष २०२४ का अध्यक्ष जुनियर जेसी शंकर आचार्यले गर्नुभएको थियो। वीरेन्द्रनगर जुनियर जेसिसको २०औँ साधारण सभामा प्रमुख अतिथी र निर्वाचन अधिकृतको रूपमा वीरेन्द्रनगर जुनियर जेसिस वर्ष २०१२ का अध्यक्ष एवं दैलेख जेसिज पूर्व अध्यक्ष जेसी राजकुमार सिजापति ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।
वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१९ की अध्यक्ष जुनियर जेसी विवेचना खनाल ज्यूको रहेको थियो। र अतिथिको रूपमा मध्यपश्चिम विश्वविद्यालयका सह प्रध्यापक पृथ्वीनाथ राइ ज्युको रहेको थियो।
अध्यक्ष : जु. जेसि. जीवन प्रसाद जैसि का.
उपाध्यक्ष : जु . जेसि . पुष्कर थापा का.
उपाध्यक्ष : जु. जेसि . किरण अधिकारी
उपाध्यक्ष : जु . जेसि नारायण नेपाल
उपाध्यक्ष : जु . जेसि .दुर्गा खनाल
उपाध्यक्ष : जु . जेसि .सुजता सिंह
उपाध्यक्ष : जु . जेसि.इन्द्रबहादुर राना क्षेत्री