
सुर्खेत। कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा कर्णाली युवा महोत्सव २०२५ को आयोजना हुने भएको छ। बिरेन्द्रनगर सुर्खेत को सिटि हलमा आगामी माघ ११ र १२ गते (शुक्रवार र शनिवार) बिहान ११ बजे देखि कार्यक्रम संचालन हुने आयोजकले बताएको छ।
परिवर्तनका लागी युवा , राष्ट्र निर्माण मन्च नेपाल र राष्ट्रीय युवा परिषदको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो। उक्त कार्यक्र्म सफल बनाउन सहकार्यका निम्ति बिभिन्न स्थानिय संघसंस्था र सरकारी तथा गैरसरकारी निजि क्षेत्रको सहयोग रहने गरि समन्वय गरिएको छ। उक्त कार्यक्रममा स्थानिय , कला संस्कृति को संरक्षण, सामाजिक, आर्थिक विकास, उधमशिलता युवा नवप्रवतन र कला सिप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका बिभिन्न कुरामा केन्द्रीत रहने छ।
युवाका विचार, सम्भावना र युवालाई सकरात्मक सन्देश प्रवाह गर्न कर्णालीका बिभिन्न जिल्लाका युवालाई लक्षित गरि गर्न लागिएको कर्णाली युवा महोत्सव २०२५ कार्यक्रममा ३००० देखि ५००० युवा आउने गरि तयारी गरिएको छ। कार्यक्रम दुई दिनको हुनेछ। कार्यक्रममा धेरै भन्दा धेरै युवाले कर्णालीको विकास, संस्कृति र परिवर्तन संभावना लगायत बिभिन्न विषयवस्तु माथी आफ्नो विचार समेत राख्न पाउनेगरी मौका प्रदान गरिने आयोजक द्वारा बताईएको छ।
कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई बिशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानिय कर्णालीका प्रतिभाशाली युवाहरुको उपस्थिति रहने बुझिएको छ।

