काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मुलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। आईतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले बाँकि जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको सामु कवुल गरेको उल्लेख गर्दै सोही अनुसार आफूले काम गर्ने बताउनुभएको हो।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री दाहालले सो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्नुहुँदै आफैँले प्रधानमन्त्रीको रुपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व लागेको समेत बताउनु भयो। उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको समेत बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0