सुर्खेत। कर्णाली प्रदेश सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्।

कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोद कुमार शाहले प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाएका हुन्। शाहले आज विहान ११ बजे प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका थिए।

४० सदस्यिय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक सांसद रहेका छन्। जसमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी र राप्रपाका १/१ र स्वतन्त्र १ जना सांसद रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0