सुर्खेत । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन्।

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका हुन्।

यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन्। यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका हुन्। उनीहरूको जिम्मेवारी पछि तोकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0