सुर्खेत। शनिबार सुर्खेत उपत्यका नगर विकास समिती र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा बिभिन्न संघ संस्थाको समन्वयमा बुलबुले ताल सहित बुलबुले उधानको बृहत सरसफाई गरिएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मुटु स्थित रहेको प्रमुख पर्यटकीय गन्तव्य रहेको बुलबुले ताल तथा बुलबुले उधान परिसर पछिल्लो समय विकास निमार्ण लगायतका कारण कुरुप बन्दै गएको र पर्यटकको नजरमा बुलबुले प्रतिको चासो घटेको देखिन्छ।

त्यसकारण पनि कर्णालीका युवाहरु समेत सरसफाईमा लागेको पाइएको छ। कर्णाली प्रदेशकै प्रमुख  पर्यटकीय स्थल भएकोले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न तालको सरसफाई र यसलाई सुन्दर राख्न सबै लाग्नुपर्ने वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताएकि छन्। साथै नगरका सबै जसो पर्यटकीय क्षेत्रलाई सफा र सुन्दर राख्न सबैलाई आव्हान गर्दै नगर प्रमुख ढकालले नगरपालिकाबाट पनि यस्ता कार्यक्रममा महत्वपूर्ण सहयोग गर्ने बताएकि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0