जाजरकोट। जाजरकोट महोत्सवमा खुल्ला पुरुषतर्फ सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ। गत (शुक्रबार) उद्योग बाणिज्य संघले एक सूचना जारी गर्दै उक्त प्रतियोगिताको अयोजना गरेको जनाएको थियो।
‘राष्ट्रका लागि खेलकुद स्वास्थ्य लागि खेलकुद’ भन्ने मूल नाराका साथ सर्वाधिक राशिको खुल्ला पुरुषतर्फको भलिबल प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष रमेश केसीले बताए ।
सोही प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख पाँच हजार पाँच सय ५५, द्वितीय हुनेलाई एक लाख २५ हजार, पाँच सय ५५ र तृतीय हुनेलाई ५० हजार पाँच सय ५५ रुपैयाँको नगद पुरस्कार राशि प्रदान गरिने द लाइन्स युथ क्लव जाजरकोटले जनाएको छ ।
चाैथाैं जाजरकोट महोत्सवमा खुल्ला पुरुषतर्फ सर्वाधिक राशिको भलिबल प्रतियोगिताको मूल आयोजक उद्योग बाणिज्य संघ रहेको छ भने सह-आयोजक द लाइन्स युथ क्लब र युवा क्रिकेट क्लव, चेम्बर अफ कम्मर्स जाजरकोट रहेका छन् ।
महोत्सवमा खुल्ला पुरुषतर्फको भलिबल प्रतियोगिता पुस ११ गतेदेखि १६ गतेसम्म हुनेछ ।