दैलेख। दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ५ मा अटो दुर्घटना भएको हो। उक्त्त दुर्घटना हुँदा एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ।
आइतबार भएको अटो दुर्घटनामा घाइते ७ जनामध्ये ३ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएकोमा दुल्लु नगरपालिका १० बस्ने गौरी शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको साथै अटो चालक पूर्ण बिक र अन्य घाइतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ।
घुम्ती बाटो रहेको र तिब्र गतीका कारण अटो दुर्घटना भएको हुनसक्ने साथै सिट क्षमताभन्दा धेरै यात्रुहरु भएका कारणले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1