काठमाडौं। वर्षायाममा घरमा साङ्लाले निकै सताउँछ। अघिपछिभन्दा यो मौसममा साङ्लाको संख्या तीव्र बढ्छ। बाथरुम वा भान्छाको पानीको पाइप हुँदै अधिकांश घरमा साङ्लो पस्छ। यसले फोहोर मात्र बनाउँदैन खानेकुरा, पकाउने भाँडामा बसेर रोग फैलाउने गर्छ।
साङ्लाको आगमन रोगको खतराको संकेत हो। किनभने जबसम्म साङ्ला रहिरहन्छ, तबसम्म रोगले घेरिरहन्छ । घरको भान्सा हुँदै विस्तारै साङ्ला घरको हरेक कुनामा देखिन्छ। हैरान पार्ने यसमा खुबी के छ भने यसमा प्रजनन् क्षमता अत्यधिक धेरै हुन्छ। जसले गर्दा यसलाई पूरा सखाप पार्न मुश्किल हुन्छ। यसको वास्तविक उद्देश्य घरको भान्छामा आफ्नो घर बनाउने हो।
साङ्लाको संख्या अत्यधिक धेरै हुने हुँदा हातले मारेर सम्भव हुँदैन। त्यसैले घरमा साङ्लाको आतंकबाट हैरान हुनुहुन्छ भने यी बजारमा पाइने ६ प्रकारका सामग्रीबाट समाधान बन्न सक्छ। यसले पूरै सखाप पार्न नसके पनि साङ्लाको संख्या न्यून गर्न भने सक्छ।
१. एन्टिरोच जेल
बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो। किनभने यसमा साङ्लालाई आकर्षित गर्ने तरलता हुन्छ, जसको एक थोपा पनि साङ्ला मार्न पर्याप्त हुन्छ।
साङ्लालाई त्यो झोलले आकर्षित गर्छ र जब त्यो औषधि साङ्लाले खान्छ, २-३ घन्टापछि साङ्ला मर्न थाल्छ। यो औषधि प्रयोग गर्न पनि सजिलो छ। भान्सादेखि घरको कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राख्दिनुपर्छ । धेरै साङ्ला साँघुरो ठाउँमा आउँछन्।
२. रेड हिट कक्रोच किलर स्प्रे
रेड हिट कक्रोच किलर स्प्रेले घरमा रहेका साङ्ला तुरुन्तै हटाउन सकिन्छ। यसले तुरुन्तै साङ्ला मार्न सकिने भएकाले धेरैले यसको प्रयोग गर्छन्।
३. मोर्टिन टु इन वान
मोर्टिनको खुबी साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरु पनि मार्न सक्छ । त्यसैले पनि यसलाई टु इन वान पनि भनिन्छ। घरबाट साङ्ला हटाउन सबैभन्दा पहिला बोतल एकछिन हल्लाउने अनि साङ्ला भएको ठाउँमा मोर्टिन छर्किनुपर्छ।
४. बेगन
सबैभन्दा शक्तिशाली साङ्ला मार्ने नाम चलेको औषधि बेगन स्प्रे पनि हो। यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाउँछ जसले साङ्ला मर्छ।
यो जेल खाएर साङ्ला संक्रमित हुन्छ र अन्य साङ्लालाई पनि संक्रमण फैलाउँछ। जसकारण अरु साङ्ला पनि मर्छन्।
यसमा प्रयोग हुने केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन। त्यसैले, स्प्रे छर्किंदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन।
५. लक्ष्मणरेखा
लक्ष्मणरेखा पनि साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो उत्पादन नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै रुचाइएको छ। लक्ष्मणरेखाको प्याकेटमा चक हुन्छ । चकले धर्को घरको ठाउँठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन्।
६. कोक्रोज किलिङ बेट
कक्रोज किलिङ बेट पाउडर साङ्लालाई मात्र नभई त्यसको अण्डालाई पनि मार्न प्रभावकारी छ। यसको धुलो साङ्ला आउने ठाउँमा छर्नुपर्छ । यो केमिकल फ्री पाउडर भएको कारण वातावरणमैत्री पनि रहेको छ।
मूल्य कति पर्छ ?
बजारमा उपलब्ध यस्ता उत्पादनको ग्राम फरक-फरक हुन्छ। सोहीअनुसार यसको मूल्य पनि फरक पर्न जान्छ। सामान्यतया २०० देखि यसको मूल्य सुरु हुन्छ।