फिदिम। पाँचथरको तुम्बेवा गाउँपालिका-२ नावाखोलास्थित बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ। धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउँदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मङ्गलवार बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ। दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो। बाढीमा फसेको ट्रिपर आधा पुरिएको अवस्थामा रहेको प्रहरीकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0