दैलेख। दैलेखमा मिडिया एण्ड ईन्फमेसन फेलोशिप तालिम दुई दिन सम्म संचालन भएको छ।
तालिममा सामाजिक संजाल प्रयोग कर्ताहरु,उद्यम व्यवसायमा संलग्न नव आगन्तुक उद्यमीहरु सहित २९ जनाको सहभागिता रहेको थियो।
यूनेश्को युथ मिडिया च्यान्पेन्शीपको आयोजना थियो साथै नारायण नगरपालिका,एभरेष्ट क्लव,दैलेख र पंचकोशी ज्वाला यूवाप्रतिस्ठानको समन्वयमा तालिम संचालन गरिएको हो।
यसैगरी नारायण नगरप्रमुख लोमन शर्माले संचार क्षेत्रको विकास संगै सामाजिक संजालको विकासले राम्रा भन्दा नराम्रा खबर तथा सुचनाहरुलाई छिटो भन्दा छिटो सम्प्रेसण गर्ने भएकाले पनि मिडिया साक्षरता आवश्यक भएको बताए। साथै आगामी दिनहरुमा पनि मिडिया साक्षरता तथा तथ्य जाँच सम्वन्धमा हातोमालो गर्न नगरपालिका तयार भएको बताए।
त्यस्तै अधिकाँस फुर्सदिला हुन या व्यस्त प्रयोगकर्तानै किन नहोस सामाजिक सञ्जालको प्रयोगको सम्वन्धमा जानेर वा भुलचुकमा भ्रामक सूचना तथा समाचार सम्प्रेसण बढेको बेलामा मिडिया साक्षरता सम्वन्धी तालिमको आयोजना गरिएको युथ मिडियो च्यान्पियन लोकेश गिरीले बताए।
त्यस्तै प्रशिक्षक समेत रहनु भएका अग्रज पत्रकार अमर सुनारले भ्रामक सुचना महामारी आफैमा महामारी हो। जस्ले कसैलाई पनि हित नगर्ने भएकाले तथ्य जाँच गरि मात्र सम्प्रेसण गर्नुपर्ने बताए।
दुई दिन सम्म संचालन भएको तालिममा अग्रज पत्रकार अमर सुनार, फोटो पत्रकार महासंघका केन्द्रिय सचिव बिशाल सुनार, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष एवं अभियान्ता स्याम बिसी, युथ मिडिया च्यान्पियन लोकेश गिरीले बिभिन्न सेसन संचालन गरेका थिए।