नेपालका इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ।
मंगलबार भएको ५७ केजी तौल समूहको प्रिक्वार्टरफाइनल खेलमा इन्द्रले लाओसका खेलाडी सोक्साखुनलाई ५–० अङ्कले हराउनुभयो।
इन्द्रले क्वार्टरफाइनलमा मङ्गोलियाका गन्तुमार लुण्डासँग प्रतिस्पर्धा गर्नुहुनेछ। नेपालबाट सहभागी विजय बाटा ८६ केजी र महिला खेलाडी त्रिशा जवेगु ७५ केजी तौलमा यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसक्नुभएको छ।
प्रतियोगितामा बुधबार महिला ४८ केजी तौलमा सुस्मा तामाङ र ५७ केजी तौलमा हेमा राईले प्रतिस्पर्धा गर्नुहुनेछ। पुरुषतर्फ ४८ केजी तौलमा लालप्रसाद उप्रेतीले सोमबार प्रतिस्पर्धा गर्नुहुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1