सुर्खेत। हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ। हुम्ला फुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो।

हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए।

गोल्डकप विजेताले रु एक लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले रु एक लाख नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले रु ७५ हजार पाउने छन्। लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए।

हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ। गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0