काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नेपर्ने खाँचो रहेको बताउनुभएको छ।

आईतवार राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरु उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गनै अझै धेरै कामहरु गर्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रपति भण्डारीले बैंक तथा वित्तिय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरु, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरुलाई अभिप्रेरित गर्नु राम्रो भएको बताउनु भयो। उहाँले आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक रहेको पनि बताउनु भयो।

उहाँले नवप्रवद्र्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताउनु भयो। उहाँले आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवद्र्धन गर्नसके आयातमा आधारित उपभोगप्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताउनु भयो। राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संशाधनको विकासमा मद्दत पु-याउने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपुरकको रुपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0