काठमाडौं। नेपालले यसपटकको मिस युनिभर्स प्रतियोगिता देवीको अवतारसहितको ‘नेसनल कस्ट्युम’ प्रस्तुत गर्ने भएको छ। मिस युनिभर्स नेपाल सोफिया भुजेलले त्रिशूल समातेकी देवीको लुक्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्। प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले यो कस्ट्युम डिजाइन गरेको हो।

यो पहिरनले सृष्टिको मुहानको रुपमा नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिन खोजेको मिस युनिभर्सद्वारा जारी वक्तव्यमा उल्लेख छ।

‘रातो रङले रगत र सृष्टिको शक्तिलाई जनाउँछ । त्रिशूलले सृष्टि, जीवन र मृत्युको त्रिमूर्तिलाई प्रतिनिधित्व गर्छ। अन्य प्रप्सले भौतिक शरीरले कसरी ब्रह्माण्डमा जादू सिर्जना गर्छन् भन्ने सन्देश दिन चाहेको छ,’ वक्तव्यमा भनिएको छ।

‘यो पहिरनले हामीलाई हाम्रो आफ्नै शक्तिको स्मरण गराउँछ । यसले हरेक महिला असीम ऊर्जाका स्रोत हुन् भन्ने तथ्यलाई दोहोर्‍याउँछ । यो उत्कृष्ट कृति जीवनको उत्सव हो,’ मिस युनिभर्सले उल्लेख गरेको छ ।

नेपाल प्राचीन इतिहास र परम्पराले धनी देश भएको उल्लेख गर्दै युनिभर्सले शताब्दीयौंदेखि नेपालमा नारी शक्तिलाई पुजिने परम्परा रहेको जनाइएको छ ।

मिस युनिभर्सको ७१ औं संस्करण जनवरी १४ मा अमेरिकाको न्यू अर्लियन्समा हुँदैछ । नेपालको प्रतिनिधित्व गर्दै सोफिया यसै साता अमेरिकातर्फ प्रस्थान गरेकी छन् ।

एसियाली मुलुक थाइल्याण्डले मिस युनिभर्सको स्वामित्व लिएपछिको यो पहिलो मिस संस्करण हो ।  

तस्वीर सौजन्य : मिस युनिभर्स नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0