तम्घास। गुल्मीमा संस्कृति संरक्षण गर्न पन्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्र्तगत एक लाख रुपियाँको बजेटबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।
वडा भित्रका दलितहरुले पन्चेबाजा बजाई जीविकोपार्जन गर्ने उनीहरुको पेशालाई संरक्षण गर्र्न र आर्थिक रुपले पनि सम्पन्न बनाउन पन्चेबाजा वितरण गरिएको अर्यालले बताउनुभयो । वडा नं ८ भित्र चार सय घरधुरीहरु दलित भएकाले उहाँहरुलाई आर्थिक रुपले सम्पन्न बनाउन पनि वडा कार्यालय र पालिकाले थप कार्यक्रमहरु बनाएको उहाँको भनाइ छ।
तल्लो तहको जीवन स्तरमाथि नउठेसम्म परिर्वतन नहुने भन्दै उनीहरुको पेशालाई माथि उकास्न पन्चेबाजा वितरण कार्यले थप टेवा पुग्ने वडा अध्यक्ष फडिन्द्र अर्यालले बताउनुभयो ।
यता, गाउँपालिकाका अध्यक्ष युवराज केसीले पुस्तौंदेखि गर्दै आएको पेशालाई संरक्षण गर्नु आफूहरुको दायित्व भएको बताउनुभयो । उहाँहरुको सीपलाई थप व्यवस्थित गर्ने बताउँदै कला संस्कृति र परम्परालाई बचाई राख्न आवश्यक अन्य सहयोग गर्न पनि गाउँपालिका तयार रहेको उहाँको भनाइ छ ।
गाउँपालिका भित्रका नागरिकहरुलाई आफूहरुसँग भएको सीपलाई व्यवस्थित गर्न र युवालाई स्वदेशमै टिकाई राख्न आफूहरुले योजना बनाएको खत्रीले बताउनुभयो ।