दैलेख। आवाजले आज पुस १६,शनिवारका दिन आवाज संस्था संकल्प परियोजना अन्तर्गत दुल्लु नगरपालिकामा पत्रकार सम्मेलन गरेको थियो। साथै आवाजले संकल्प परियोजनाको अबस्था सार्बजनिक गरेको थियो। संकल्प परियोजना सन २०२० बाट दैलेख र बर्दियामा संचालित रहेको छ । बाल बिबाह न्यूनीकरणका लागि संचालित यो परियोजनाले अभियान मुखी भएर काम गरिरहेको छ। यो परियोजनाले बाल बिबाह न्युनिकरण भएको र विद्यालयमा बाल बालिकाको संख्या बढेको र बाल बिबाहबाट प्रभावितको जीवन स्तरमा सुधार भएको प्रस्ट रुपमा देखिन्छ। यो परियोजनाले बाल बालिका उद्दार, मनोबिमर्स परामर्श, पारिबारिक परामर्श, मध्यस्तता, आपतकालीन सहयोग , शैक्षिक सहयोग, कानुनी प्रक्रियामा सहयो र कानुनी परामर्श समेत प्रदान गरिरहेको छ।
यो परियोजना समुदायमा आधारित भएको हुदा अति बिपन्न परिबार लाभान्वित रहेको छ। आवाजमा बाल बिबाह, बहुबिबाह, यौन दुर्व्यवहार र घरेलुहिन्साका घटनाहरु रिपोर्टिङ हुने गरेको पाइएको छ। दुल्लु नगरपालिका र नेपाल प्रहरी, राजनीति दल, समुदायका अगुवाहरुके सहयोग गरेकोले झन प्रभाबकारी रुपले अघि बढेको कुरा परोयोजना प्रमुख चेतन गिरिले बताए। दुल्लु जस्तो ठाउमा पत्रकार सम्मेलन गरेर स्थानिय पत्रकारसग यो परियोजनाले हातेमालो गरेकोमा जिल्ला पत्रकार महासंघका सदस्य माधब रिजाल माल्दाजुले झन उर्जा मिलेको र यसरी ८ बर्सपछी सबै स्थानीय पत्रकारसँग भेट गराको र स्थानिय काम बुझ्न अझ सहज गराको कुरा उल्लेख गरेका छन। यो परियोजना अन्तरगत समुदा सहयोग सन्यन्त्रको स्थापना समेत गरिएको पाइन्छ।
दुल्लुमा बाल बिबाह बिरुद्द ६ वटा बुहारी समुह, ३ वटा युबा समूह, ३ वटा भाइ समूह, ३ वटा निगरानी समूह र एउटा धार्मिक समुहले काम गरिरहेका छन्। अझ दुल्लुमा वार्ड बाल अधिकार समिती र बाल क्लबहरु पनि सकृय रहेको कुरा जिल्ला परियोजना संयोजक प्रदिप थापाले जानकारी गराए। दुल्लुका बुहारी समुहले लेखेको भित्रेलेखनले बाल बिबाहको बिसयमा राज्यको नै ध्यानाकर्षण गराएको थियो भने यहाको धार्मिक समुहमा दलित धार्मिक गुरुहरु र बाहुन/छेत्रीका धार्मिक गुरुहरु एउटै ठाउमा बसेर अभियानहरु सन्चालन गरेको पाइएको छ। दुल्लुमा हाल सम्म ३ वटा वार्ड्ला दुल्लु नगरपालिकाले बाल बिबाह मुक्त घोषणा गरिसकेको छ।