काठमाडौं। सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवाण्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराउनुभएको हो। नेपाल नागरिक उडड्यन प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवाण्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले दुर्गम क्षेत्रहरुमा उडान भर्ने वायुसेवा कम्पनीहरुलाई आर्थिक राहत पुरयाउनका लागि अतिरिक्त समय सञ्चालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताउनु भयो।
कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न टेड युनियनहरुलाई आग्रह गर्नुभयो। उहाँले हवाई सेवाको कामले गति लिने वित्तिकै त्यसबाट आउने मुनाफा टे«ड युनियनहरुको हीतमा हुने समेत स्मरण गराउनु भयो।