सुर्खेत। विद्यालय तथा विश्विवद्यालयमा अध्यापन गरिरहेका शिक्षकहरुको साझा संस्था ‘गणित शिक्षा परिषद’ ले ग्रेडवृद्धि गर्ने विद्यार्थीहरुका लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेको छ।
परिषदको सुर्खेत जिल्ला समिति र कर्णाली प्रदेश समितिको सहकार्यमा एसइई २०८० को गणित विषयमा ग्रेडवृद्धि गर्ने विद्यार्थीहरुका लागि निशुलक्क रुपमा विशेष तयारी कक्षाहरु सञ्चालन गरेको हो। उक्त कक्षा बुधबारदेखि सुरु गरिएको हो।
मध्यपश्चिम विश्वविद्यालयको ग्य्राजुएट स्कुल अफ एजुकेशन केन्द्रीय विभागको हलमा तयारी कक्षा सञ्चालन गरिएको छ। साउन १८ गतेसम्म दैनिक दुई घण्टाका दरले निशुल्क कक्षा सञ्चालन गरिनेछ।
एसइईको मोडेल अनुसार गणित शिक्षकले कक्षामा पढाइक रहेका छन्। प्रत्येक दिन नमुना प्रश्नका लागि छुट्टाछुट्टै विज्ञ शिक्षकले सहजीकरण गर्ने गणित शिक्षा परिषद सुर्खेत जिल्ला समितिका अध्यक्ष भिमबहादुर रोकायाले जानकारी दिए एसइईको ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले निशुल्क तयारी कक्षाबाट लाभ लिन सक्ने उनले बताए।
साभार : सेतोपाटि