
सुर्खेत। काठमान्डौमा सम्पन्न भएको तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० सुर्खेतका मोडल तथा कलाकार रेशम नेपकिङले हात पार्न सफल भएका छन्। काठमान्डौको चलचित्र बिकास बोर्डको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपकिङलाई उक्त्त अवार्ड प्रदान गरिएको हो।
बिशाल मुभिज प्रा.ली.अनामनगर काठमान्डौले स्वर्गिय कल्पना गैरेको स्मृती फाउन्डेशनको सहयोगार्थ तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० कार्यक्रमको आयोजना गरेको थियो ।
यो सम्मानले कलाकारहरूलाई थप हौसला प्रदान गर्दछ र उनीहरूको कामको मूल्यांकन बढाउँछ। रेशम नेपकिङको उदाहरणले देखाउँछ कि कला, संस्कृति, र लोककलामा यो सम्मानको महत्त्व कसरी बढाउँछ। उनीहरूले समाजमा आदर्श प्रतिनिधिता गर्दछन् र उत्कृष्टता प्राप्त गर्दछन्। यस्तै समाजमा थप उत्साह र प्रेरणा प्रदान गर्ने कार्यक्रमहरू अघि बढ्ने अवस्थामा नै हामीले समृद्धि र उत्थान देख्न सक्छौं।
अवार्ड प्राप्त गरेपछी कलाकार रेशम नेपकिङले भोट गरी जिताउने साथी भाई, आफन्त, आयोजक टिम लगाएत सबैलाई धन्यबाद ब्यक्त गरेका छन्। उनले यो सम्मानले थप हौसल्ला प्रदान गरेको भन्दै यो क्षेत्रमा थप उत्साहका साथ अगाडी बढने बताएका छन्।

