सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ। पोखरेल सवार गाडी पल्टिए दुर्घटना भएपनि मानवीय क्षति हुनबाट जोगिएको छ।
महासचिव पाेखरेल दैलेखमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि जाँदै उनी सँगै एमालेका अन्य नेताहरु चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक पल्टिएर दुर्घटना भएको हाे।
उक्त जिपमामा सवार सबै नेताहरु सामान्य रहेकाे र एमाले प्रदेश उपसचिव पदमा खड्काको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले एके सञ्चारलाई जानकारी दिए।
उपमहासचिव विष्णु रिमाल महासचिव दैलेख पुगेर आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गरी काठमाडौं फर्किएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्,` ठुलाे दुर्घटना हुनाबाट टरेकाे छ।,
महासचिव काठमाडौं पुगेर ट्रमा सेन्टरमा चेकजाँच गराउदा सामान्य चोटपटक मात्र देखिएको उपमहासचिव रिमालले जनाए।
उक्त जिपमा महासचिव पाेखरेल, केन्द्रीय सदस्य दीपा शर्मा, प्रदेश सचिव ध्रुव शाही र प्रदेश उपसचिव पदमा खड्का सवार थिए।