सुर्खेत। दैलेखी गायिका अञ्जना खड्काको “दैशमा टीका र जमरा” बोलको दशैतिहार विशेष गित चुलबुले मिडिया नामको युटुब च्यानल बाट सार्वजनिक भएको छ।
उक्त गीतमा अञ्जना खड्का र दिपक टमटाको स्वर रहेको छ भने अभिनयमा सुर्खेतका माटोले जन्माएका मोडेल तथा कलाकार रेशम नेप्किङ र कैलालीकि चेलि प्रिंयका कुवरको साथ रहेको छ। भिडियो दैलेख जिल्ला भैरबि गाँउपालिकाका विभिन्न वडाहरूमा छायांकन गरियको छ।
भिडियाेमा सञ्चारकर्मी सन्ताेष कठायतकि आमालाई पनि आमाको भुमिकामा देख्न सकिन्छ। संगीत सयोजन अञ्जना खड्काकै रहेको छ , गीतलाई गोपाल रूचालले मिक्सिंग गरेका छन्।उक्त गीतमा क्यामराम्यान गोपाल थिए भने श्रृष्टि पोडक्सन हाउसबाट भिडियो सम्पादन भएको हो।
गितको कम्पोजर शिव संगित र राजु सुनम रहेका छन। गितले भैरवि गाउँपालिकाका विभिन्न स्थानहरू ज्वाला क्षेत्र,घुम्नेखालि बजार , लगाएतका विभिन्न स्थानहरूलाई देखाईएको छ। गितलाई हेर्नका लागि युटुबमा चुलबुले मिडिया सर्च गर्न सक्नुहुनेछ। गित गाउमा सुटिङ गरिएको हुनाले हेरेपछि गाउँको झल्को मेटिने कलाकार टिमको बिश्वास रहेको छ।