काठमाडौं।  काठमाडौं स्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ। आइडिया बैङ्क अर्थात् नविनतम सोचलाई लगानीसँग जोड्ने तथा नवप्रर्वतक, उद्यमी व्यवसायीको  सीप र ज्ञान अभिबृद्धि गर्ने उद्देश्यका साथ सो प्रदशर्नी आयोजना गरिएको छ।

काठमाडौं महानगरपालिकाका अनुसार आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए। दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएका छन्। यसरी छानिएका आइडियाहरु मंगलबार प्रदर्शन भइरहेको हो।

महानगरको सहरी योजना आयोगले आयोजना गरेको प्रदर्शनीमा आइडिया र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा) हुने र यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी हुने गर्दछ।

‘स्पीड डेटिङ्’ विधिबाट अन्तरक्रिया हुनु ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0