सुर्खेत। होस्टेलमा कक्षा २ मा अध्यायनरत बालक झुण्डिएको अवस्थामा भेटिएपछि सुर्खेतको वीरेन्द्रनगर-६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुल बालकका आफन्तले तोडफोड सहित आगजनी गरेका छन्।

शुक्रबार विद्यालको होस्टेलमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का ८ वर्षीय सलाम पुलामीमगर भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन्। बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

यस घटनाका कारण बालकका आफन्तहरु आन्दोलित भई विद्यालयमा आगजनी गर्दा पनि यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0