सुर्खेत। सुर्खेती सर्जक करुणा वलीको लय र टिका बस्नेतको शब्दमा रहेको आधुनिक गीत “मलाई माया गर्छौ र ओइ ” बोलको गीत सोमबार भाग्य न्यौपाने अफ़िसिएल नामको युटुब च्यानल बाट सार्वजनिक भएको छ। उक्त गीतमा करुणा ओली र मठु गुरुङको स्वर रहेको छ भने अभिनयमा चाहिँ सुर्खेतकै माटोले जन्माएका मोडेल तथा कलाकार रेशम नेप्किङको रहेको छ साथै भिडियोमा जिशु कोइराला,रेनुका खड्का,कृष् क्षेत्रीको साथ रहेको छ।
संगीत सयोजन पुरुसतोम सुबेदीको रहेको छ स्टुडियो फिलमा रेकडिङ्ग भएको गीतलाई कुमार केसीले मिक्सिंग गरेका छन्। उक्त गीतमा क्यामराम्यान प्रकाश खड्काको रहेको छ।
गितमा छायांकन, सम्पादन तथा कलर ग्रेडिङ राजा कुमार मगरले गरेका हुन्। गितकाे काेरियाेग्राफी र निर्देशन तिलक शाहीकाे रहेकाे छ।
केहि समय अगाडि मात्र भाग्य न्यौपानेले गोर्खामा गएर एक जना मठु गुरुङको अन्तरवार्ता लिएका थिए र उनको स्वर धेरैले मन पराएका थिए त्यसकारण उन स्वरको पहिलो गीत बजारमा आएको छ। दुर्गेस रानाको सह सम्पादन,तिलक शाहीको कोरियोग्राफी र निर्देशन रहेको छ।