गरीब दुखिको साहारा बनिदेउ
आशाको दियो बनेर आउँ, धपक्क बलेर
विश्राम नलेउ हे मेरा प्यारा , कहिले नगलेर।।
गरिब दुखिको साहारा बन्देउ, घर घरमा गएर
अन्यायलाई न्याय दिलाउने ,अदालत भएर।।
आमा र बाको भूमिका बनिदेउ, दुखिको घरमा
साबैले आशा भरोसा गरुन् , तिम्रो त्यो भरमा।।
ठुलो नबन्नु जनेको काममा, सबैलाई सिकाउनु
राम्रो कामको आत्मसात गर्नु,नराम्रोमा नलाग्नु।।
सुर्यको लाली किरण बनी, घर घरमा पस्नु है
सबैको आखाको नानी बनी, आखामा बस्नु है।।
अरुको कहिल्यै रिस नगर्नु, आफ्नै काम गर्नु है
गरिब दुखिको सहारा बन्न, अगाडी सर्नु है।।
सुत्केरी पिडा भोगी रहेकी, आमालाई सोध्नु है
सिटामोल न पाई कराइरहेका, बुबालाई रोज्नु है।।
अनि तिमिलाई सबैले खोज्ने छन् , दियो सल्काएर
अनि सम्झिने छन सबैले तिमिलाई, मियो बनाएर।।
तेसैले तिमी आशाको दियो , बनेर आउनु है
गरिब दुखिको गित तिमी , सधै गुन्नगुनाउनु है।।
तिम्रा बाआमा तेहि दिनको बाटो ,पर्खी बसेका छन्
आफू आउन सकेका छैनन् , जिम्मेवारीमै फसेका छन् ।।
वाल्मीकि प्रसाद पान्डे
तिलागुफा-३, कालिकोट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
4
+1
5
+1
0
+1
2