काठमाडौं। चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका- ६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए।

खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको हो।

परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुलमा झुण्डिनुको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0