काठमाडौँ। नेपाली काँग्रेसले डेंगु रोग महामारी नियन्त्रणमा जुट्न स्थानीय सरकार, स्वास्थ्य संस्थादेखि सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार डेंगु महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरी कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गएकोप्रति ध्यानाकर्षण गर्दै रोग फैलिने क्रम नरोकिएकाले सो आव्हान गरिएको छ।

काँग्रेसले महामारीले समाजमा त्रास फैलाएको र यसको उपचारका लागि विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी गर्दै स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0