सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ ल (कानुन संकाय) को चौथौ ब्याचले ल कलेजमा नेपालको संघिय संसदीय अभ्यासमा आधारित “L-School नमुना संसद-२०८०”कार्यक्रम आयोजना गरी यही वैशाख १४ र १५ गते भव्यताका साथ सम्पन्न गरेको छ।

उक्त २ दिने कार्यक्रममा विद्यार्थीहरूले नेपालको संघीय संसद को सम्पूर्ण काम /कारबाहि प्रक्रिया, विधेयक को मस्यौदा निर्माण देखि सभामा दर्ता,प्रस्तुत,हुँदै विभिन्न छलफल(समिति, सैदान्तिक,दफाबार)मा हुने प्रक्रिया र विधेयक पारित हुने सम्मको प्रक्रिया लगायत संसद अधिवेशन आह्वान देखि अधिवेशन अन्त्य सम्मका सम्पूर्ण प्रक्रिया को अभ्यास गरेका थिए।

उक्त कार्यक्रमका आयोजकले उत्कृष्ट वक्ता, उत्कृष्ट अनुसन्धानकर्ता/खोजकर्ता र उत्कृष्ट नेतृत्वकर्ता लाई मेडल र प्रमाणपत्र र अन्य सम्पूर्ण सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0