पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लाको खलङ्गामा हुने अभिनन्दन कार्यक्रम सहभागी हुने भएका छन्। यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका हुन्।साथै, जुम्ला खलङ्गा बजारमा रहेको चन्दननाथ र भैरवनाथको दर्सन पछि नागरिक अभिनन्दन कार्यक्रम हुने उनले बताए उक्त कार्यक्रममा स्वतन्त्र नागरिकहरु उपस्थित हुन पाउनेछन्। ‘राजा कुनै दल, कुनै पार्टी, कुनै व्यक्तिको हुँदैनन्, राजा सबैको साझा हुन्छन्।’ उनले भनेका छन्। साझा राजालाई सबैले सहयोग गर्न शाहीले अपिल गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1