सुर्खेत। युथ इन्नोभेसन ल्याव र यसका सहयोगी साझेदारहरु रेस्टलेस डेभलपमेन्ट, क्रियशन र सिडिएमएसले वि.सं. २०८० वैशाख ५ गते सुर्खेतमा आयोजित एक कार्यक्रमका बीच कर्णाली प्रदेशका लागि “वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”परियोजना सुभारम्भ गरेका छन्।
पञ्चपुरी नगरपालिकाका मेयर लालबीर भण्डारीको प्रमुख अथियतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश र स्थानीय सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्णाली प्रदेशका नागरिक समाज संगठन, वुद्धिजीवी, बैंक तथा वित्तीय संस्था, युवा समूह लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो। “वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”परियोजनाको सुभारम्भ र मेयर भण्डारीद्वारा इन्नोभेस ग्रान्ट (अनुदान), २०२३ का लागि गरिएको आह्वान उक्त कार्यक्रमको मुख्य आकर्षण थियो।
युरोपेली संघद्वारा वित्तीय सहायता प्रदान गरिएको “वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”परियोजनाले १५-२९ वर्षका युवाहरूलाई हरित अर्थव्यवस्थाको क्षेत्रमा उनीहरूको उद्यमशीलता अभिवृद्धि गर्न र विपद् तथा जलवायु सम्बन्धी शासन र पैरवीमा संलग्न गराउन एउटा मञ्च प्रदान गरी सशक्तीकरण गर्ने लक्ष्य लिएको छ। सन् २०२२ मा मधेश प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको “वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”परियोजना सन् २०२३ का लागि कणाली प्रदेशमा कार्यान्वयन हुनेछ। यस परियोजनाका तीनवटा अवयव (कम्पोनेन्ट) रहेका छन्: Climate फेलोशिप, जलवायुमैत्री उद्यमशीलता, र तथ्यांकमा आधारित Advocacy। परियोजनाको प्रदेश स्तरीय सुभारम्भ कार्यक्रममा उक्त परियोजना र इन्नोभेसन ग्रान्ट (अनुदान), २०२३ का सम्बन्धमा सिंहावलोकन, अतिथिको तर्फबाट संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधिबाट सम्बोधन, परियोजनाको औपचारिक सुभारम्भ, क्रियशनका प्रतिनिधिबाट विशेष सम्बोधन र प्रमुख अतिथिबाट सम्बोधन गरिएको थियो। साथै, जलवायु तथा विपद् शासन, हरित उद्यमशीलता र तथ्यांकमा आधारित पैरवीमा युवाहरुको संलग्नता सुदृढ बनाउन साझेदारी गर्ने सम्बन्धमा छलफल भएको थियो। कार्यक्रममा युथ इन्नोभेसन ल्याबका प्रतिनिधिले समापन मन्तव्य राख्नुभएको थियो।
वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”परियोजनाको सिंहावलोकनका क्रममा परियोजना प्रमुख गोमा कार्कीले ९ वटा स्थानीय सरकारमा Climate फेलोशिपको अवयव (कम्पोनेन्ट) लागू गरिने बताउनुभयो। ती स्थानीय सरकारहरुमा चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, ठाटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, खडाचक्र नगरपालिका, महावाई गाउँपालिका, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिका रहेका छन्। साथै, कणाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा समेत यसलाई लागू गरिनेछ। विपद्पोर्टल https://bipadportal.gov.np/ को स्थानीयकरण र स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार गर्ने कार्यमा मद्दत गर्न यी सरकारका कार्यालयहरुमा प्राविधिक रुपमा दक्ष तथा निपुर्ण १० जनाको एउटा समूह परिचालन गरिनेछ। यसैगरी, कार्कीले जलवायुमैत्री उद्यमशीलताको कम्पोनेन्ट मार्फत हरित विकास सम्बन्धी उत्कृष्ट विचार (आइडिया) प्रस्तुत गर्ने ६ जनालाई इन्नोभेसन ग्रान्ट (अनुदान) प्रदान गरिने जानकारी दिनुभयो। उक्त अनुदान पाएपछि उनीहरुलाई आफ्ना व्यावसायिक विचारलाई थप परिष्कृत बनाउन मेन्टरहरुसँग मिलेर काम गर्ने अवसर प्राप्त हुनेछ। साथै, कर्णाली प्रदेशबाट छनौट गरिएका डिजिडल स्वयंसेवकहरुले वातावरणीय तथा जलवायु सम्बन्धी सरोकारका विषयहरुमा तथ्यांक संकलन गरी नीतिगत परिर्तनका लागि उक्त तथ्यांक नीतिनिर्माताहरु समक्ष प्रस्तुत गर्नेछन्।
फुर्पा शेर्पाले इन्नोभेसन ग्रान्ट (अनुदान), २०२३ जलवायुमैत्री उद्यमशीलता विकासका लागि भएको र उक्त अनुदानका लागि गरिएको दरखास्त आह्वान मे १८, २०२३ सम्म खुला रहने बताउँदै कर्णाली प्रदेशका युवा व्यवसायीहरुलाई यसमा सहभागी हुन आग्रह गर्नुभयो।
खुला छलफलमा सहभागीहरूले आपसी तालमेलका माध्यमबाट अपेक्षित उपलब्धि हासिल गर्न सबै एकजुट भई काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँहरुले कर्णाली प्रदेशमा दिगोपना र जलवायु कार्यको पहल यसअघि नै सुरु भइसकेको र “वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”जस्ता परियोजनाहरुमा युवाहरुको संलग्नताले त्यस्ता पहलहरुको प्रभावकारिता अभिवृद्धि गर्ने बताउनुभयो।
कार्यक्रमको सुरुमा मेयर लालबीर भण्डारीले कणाली प्रदेशस्थित पञ्चपुरी नगरपालिका वर्षेनी बाढीको जोखिममा रहेको बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दै यस नगरपालिकामा कार्यमुखी र नतिजामुखी थप परियोजनाहरु सञ्चालन हुने अपेक्षा गर्नुभयो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सन्तोष कुमार खत्रीले अन्तरिम योजनालाई विपद् पोर्टलबाट प्राप्त तथ्यांक तथा सूचनासँग आबद्ध गरी यसलाई बजेटमा एकीकृत गर्न प्रस्ताव राख्नुभयो। उहाँले विपद् पोर्टलको सफल स्थानीयकरणका लागि स्थानीयकरण प्रक्रियाको अभिलेखीकरण र युवा व्यवसायी एवं युवाहरुको सक्रिय संलग्नता मार्फत अर्थपूर्ण उपलब्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
क्रियशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले बढ्दो प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण कार्य तत्काल खाँचो रहेको बताउनुभयो । उत्थानशील समाजको निर्माण जलवायु कार्यमा युवा तथा युवा व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले यी प्रयासमा उनीहरुलाई सहभागी गराउनुपर्ने उल्लेख गर्नुभयो।
वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा”परियोजनाको तर्फबाट युवा सशक्तीकरणका बारेमा आफ्नो मन्तव्य राख्दै युथ इन्नोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदिप खतिवडाले यस परियोजनाले विपद् जोखिम न्यूनीकरण तथा जलवायु सुशासन, हरित उद्यमशीलता र तथ्यांकमा आधारित पैरवीका क्षेत्रमा युवा व्यवसायीहरुको उत्पादनका लागि एउटा मञ्च प्रदान गर्ने बताउनुभयो ।
परियोजनाको बारे:
युवाहरूलाई वातावरण संरक्षण प्रवर्द्वनमा सशक्तीकरण गर्न र उनीहरूलाई COVID पछिकोपुनर्स्थापना र विकास प्रक्रियामा मद्दत गर्न वातावरण तथा जलवायु अनुकुलविकासमा नेपाली युवा (NYCAGG) परियोजना संचालन भैरहेकोछ।युरोपेलीसंघले आर्थिक सहयोग गरेको चार वर्षेयो परियोजना मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमप्रदेशमायुथइन्नोभेसनल्याबले समग्र परियोजनाको नेतृत्व गर्दै Restless Development Nepal, CREASION र CDMS कोसहकार्यमासंचालन हुनेछ।
चार वर्षे योजना मधेश प्रदेशमा सुरु भएको छ। मधेस प्रदेशबाट सिकेको सिकाइ कर्णाली प्रदेशमा दोस्रो वर्ष, सुदूरपश्चिम तेस्रो वर्ष र अन्तिम वर्षमा मधेसमा कार्यान्वयन गरिने छ।