सुर्खेत। कर्णाली चिनाउने कर्णाली उत्सव ‘कुडा कर्नाली’ को चौथो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । कर्णालीको आर्थिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि गन्थन,मन्थन र चिन्तन गर्दै कर्णालीको समग्र विकास र समृद्धिको लागि बृहत् छलफल हुने आयोजकले जनाएको छ ।
यो उत्सवमा चर्चित अनुहारहरू नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय नेता विश्वप्रकाश शर्मा, युवा नेताहरू ज्ञानेन्द्र शाही, सोविता गौतम, कर्णालीका हिरो पैकेलाहरू चर्चित गायक सुरज पण्डित, कोशल हमाल, खैरुन निशा, मिस पवि, वीरेन्द्रनगर सहरका योजनाकार माधवभक्त माथेमा लगायतका चर्चित अनुहारहरू सहभागी हुनेछन् । कर्णाली खेल्दो छ, यो सहर : त्यो रहर, भोट-भेट, शिक्षा र समर्पण, दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताका ५ वर्ष, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी, रूपान्तरण पुस्तान्तरण, सङ्लो समाज सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौंसम्म लगायतका विषय छन् ।