कालिकोट। आज बसेको सान्नी त्रिवेणि गाउँपालिकाको ११ औँ गाउँसभाले २२ वटा ऐन नियम कार्यविधि निर्देशिका तथा नियमावलि पारित गरेको छ। सेवामा सरलता ल्याउन, विधिको शासनलाई मुर्तरुप दिन, शासन विकास र सेवा प्रवाहलाई प्रभावकारी कार्यन्वयन गर्ने अभिप्रायले २२ वटा ऐन नियम कार्यविधि निर्देशिका तथा नियमावलि पारित गरेको हो।
गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिको सभा अध्यक्षतामा संचालन भएको ११ औँ गाउँ सभाको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहि थिए भने विषेश अतिथिमा अजय बहादुर बम र पार्वति शिंह संज्याल थिइन् ।
यस्तै अतिथिमा ९ वटै वडाका वडा अध्यक्ष , सभा सदस्य, प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहि, लेखा अधिकृत परेक बहादुर बुढा लगाएत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।
सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्षसँग महिला विकास कार्यक्रम संचालन निर्देशिका २०७९, सडक मर्मत संभार निर्देशिका २०७९, जनतासँग अध्यक्ष कार्यक्रम संचालन कार्यविधि २०७९, भवन निर्माण मापदण्ड भवन इजाजत तथा घर नक्सा पास कार्यविधि २०७९,सुशासन तथा स्थानिय सेवा समिति गठन तथा संचालन कार्यविधि २०७९, नगर प्रहरी संचालन तथा व्यवस्थापन निर्देशिका २०७९,सार्वजनिक खरिद नियमावली २०७९ पारीत गरेको हो।
यस्तै संचित कोषको आन्तरीक लेखा परिक्षण सम्वन्धि कार्यविधि २०७९,स्थानिय पर्यटन विकास कार्यविधि २०७९,घर वहाल कर व्यवस्थापन कार्यविधि २०७९, व्यवसाय कर सम्वन्धि कार्यविधि २०७९,मेलमीलाप केन्द्र संचालन सम्वन्धि कार्यविधि २०७९, स्थानिय राजपत्र प्रकाशन सम्वन्धि कार्यविधि २०७९, सामुदायिक वन व्यवस्थापन कार्यविधि २०७९,कार्य संचालन निर्देशिका २०७९, पारीत गरेको छ।
लेखा समिति गठन र संचालन नियमावली २०७९, अनुदान कार्यक्रम संचालन कार्यविधि २०७९, विषयगत समिति र कार्य संचालन कार्यविधि २०७९, टोल विकास संस्था गठनतथा परिचालन कार्यविधि २०७९, आर्थिक सहायता कार्यविधि २०७९, आर्थिक सहायता तथा औषधि उपचार कोष सम्वन्धि निर्देशिका २०७९, लैगिंक समानता तथा सामाजिक समावेशिकरण निति २०७९ पारीत गरेको हो।