सुर्खेत। कर्णालीका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्लामा शुक्रबार बिहान पाच बजेदेखि हिमपात सुरु भएको हो। हुम्लाको सदरमुकाम सिमकोटमा करिब पाच इन्चजति हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।
हुम्ला सदरमुकाम सिमकोटको अधिक्तम तापक्रम माइनस ३ र न्यूनतम तापक्रम माइनस ७ डिक्री सेल्सियस रहेको सीता परियारले बताईन्। अहिले वर्षा सँगै हिमपात भइ रहेको छ।
त्यहाँका स्थानियहरुले दैनिकी कामलाई थाती राखेर घरभित्र सुरक्षित भएर बसेको उनले बताईन्। केही व्यक्तिहरु हिउँमा रमाइरहेका छन् । उनले भनिन् झजिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेको छैन्।
हुम्ला जिल्लाकाे सिमिकोट, नाम्खा, खार्पुनाथ, चंखेलि गाउँपालिमा निरन्तर हिमपात भैरहेको छ। सिमकोटमा ६ इन्च, नाम्खा गाउँपालिकाको यारि लेकमा १ फिट हिउँ परेको छ भने खार्पुनाथ गाउँपालिको याङ्चुमा ६ इन्च हिउँ परेको छ। त्यस्तै, चंखेलि गाउँपालिको मिमिमा सामान्य हिमपात भएको छ । शर्केगाड, ताजाकोट, अदाचुलि गाउँपालिमा हल्का वर्षा भैरहेको छ। हिमपातका कारणका स्थानीयहरु फटाफुट आवातजावत भैरहेको छ।
यस्तै, मुगु र जुम्ला र कालिकाेटमा पनि हिमपात सुरु भएको छ।