काठमाडौं। अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ।

बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन्। तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ। आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन्।

टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो। बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ।

चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो। काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ।

आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन्। अफगानिस्तानमा भएका धेरैजसो ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0