दैलेख। गत पुस १७ गते भैरवीकी १८ वर्षीया किशाेरी सुनिता विकले झुण्डिएर आत्महत्या गरिन । उनकाे मृत्यूकाे खबर वुवा नरेश विकले भारतमा थाहा पाए । कामकाे खाेजीमा भारत पुगेका उनी एक्कासी यस्ताे खबर सुनेपछि सम्हालिन सकेनन् । छोरी शव आफु नआउन्जेल नजलाउन उनले आग्रह गरे र त्यहाँबाट हिँडे ।

छोरीकाे मृत्यूको खबरले विचलित रहेका नरेशले गाउँलेले शवको पोस्टमार्टम गरि जलाइसकेको खबर बाटैमा थाहा पाए । त्यसपछि उनी झन विचलित बने । उनले घरमा आफू नआउदासम्म छोरीको लास ‘त्यस्तै रहनदिनू’ भनेका थिए तर किन जलाएको ? अव त्यहाँ पुगेपछि तिमीहरु सबैलाई काट्छु भनेर धम्काए ।

घर आउदै गर्दा बाटोबाट फोन गरेर ‘म नआउदै लास किन जलाऊ ? तिमीहरुलाई काट्छु’ भनेर धम्क्याए पनि काजकिरियाको काम चलिरहेको बेला शनिवार दिउँसो करिव २ बजेतिर घरमा पुग्दा सामान्य अवस्थामा काजकिरियामा सहभागी भए । तर साँझ कुटपिट गर्लान् कि भन्ने डरले श्रीमति र छोराछोरीहरु छिमेकीको घरमा गए ।

श्रीमति सुना बिक, तीन छोरीहरु मनिषा (१६), गीता (१२) पवित्रा (९) र एक मात्र छोरा महेश (५) समेत छिमेकी छुपाराम बिकको घरमा गएको बेला शनिवार राति नरेशको घरमा आगलागि भएकाे देखियाे । आगलागीको विस्तृत विवरण तयार गर्न प्रहरी पुगेको बेला घरधनी ४५ वर्षीय नरेक विककाे शव पनि जलेको अवस्थामा फेला पर्याे ।
नरेश आफैले घरमा आगो लगाएको र त्यही आफू समेत जलेर ज्यान गुमाएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । श्रीमति र छोराछोरीहरु छिमेकीको घरमा गएको बेला घरमा आगो नरेश आफैले लगाए होलान् भनी अनुमान गरेकाे भैरबी गाउपालिका-४ का वडाध्यक्ष चक्रप्रसाद शर्माले बताउनुभयो ।
श्रीमति र छोराछोरीलाई निरन्तरत कुटपिट गरिरहने र फोन गरेर ‘म नआउदै लास किन जलाऊ ? तिमीहरुलाई काट्छु’ भनेर धम्क्याएको जानकारीका आधारमा नरेश आफैले घरमा आगो लगाएको र केही सामान लिन जाँदा त्यही जलेको हुनसक्ने दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो ।
नरेशले घरमा आगो लगाएर भागेको हुनसक्ने भन्ने प्रहरीमा जानकारी अनुसार खोजतलास भइरहेको थियो विहान क्षतिको विवरण लिन लाग्दा मात्र जलेर ज्यान गएको अवस्थामा फेला प¥यो प्रहरी निरीक्षक डाँगीले सुनाउनुभयो ।  नरेशले श्रीमति र छोराछोरीलाई कुटपिट गरिरहने कारणले छोरीले आत्महत्या गरेको र यही घटनासंग जोडिएर घरमा आगजनी र आफूले समेत ज्यान हालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान चलिरहेको उहाँको भनाई छ ।
घरभित्रै जलेकाे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले जानकारी दिएको छ । शनिवार राति साढे ८ बजेतिर घरमा आगो लागेको देखेपछि स्थानीयवासी र भैरवी प्रहरी चौकीबाट खटिएको टोलीले आगो निभाएकाे थियाे । आज आइतवार बिहान आगलागीको क्षतिको विवरण तयार गर्न लाग्दा घरधनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो । घरको भित्रपट्टिको कोठामा कम्मरमुनिको भाग ढुङ्गाले च्यापिएको र माथिको शरीर पहिचान गर्न मुस्किल पर्ने गरी जलेकाे अवस्थामा फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0