सुर्खेत। दैलेखको भैरबी गाउँपालिका-०४ बस्ने नरेश वि.कले आफ्नो घरमा आफै आगो लगाएका छन्। नरेशले शनिबार साझ साढे ७ बजेको समयमा आफ्नै घरमा आगो लगाएका हुन्।

जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार भैरवी गाउँपालिका-०४ रिङगाटेमा रहेको आफ्नै २ तले ३ कोठे कच्चि घरमा आगो लगाएका हुन्। प्रहरी चौकी भैरवीबाट खटिएको प्रहरीटोली र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घरमा आगो लगाएको खबर स्थानियले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोलि घटना स्थलमा खटिएको थियो। ईलाका प्रहरी कार्यलय दुल्लुका अनुसार स्थानीय र प्रहरी चौकी भैरवीले आयो नियन्त्रणमा लिएपछि घरमा के कति क्षती भएको छ भनेर खोज्दै जादा अन्दाजी ४५ वर्षीय घर धनि नरेश विक जलेको अबस्थमा भेटिएका छन्।

नरेशको घरको छानोले पुरि जलेर मृत अवस्थामा फेला परेपछि त्यहाँ रहेको प्रहरीले ईलाका प्रहरी कार्यलय दुल्लुलाई खबर गरेको थियो। हाल थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको छ।

यसअघि नरशको जेठी छोरी सुनिता विकले पुस १९ गते राती झुण्डिएर आत्म हत्या गरेकी थिइन्। ईलाका प्रहरी कार्यलय दुल्लुले नरेशको छोरीले आत्म हत्या गरेको पुस २० गते बिहान जानकारी पाएको थियो।

प्रहरीका अनुसार नरेश भारतबाट भर्खरै घरमा आएका थिए। उनले लागूपदार्थ, मध्यपान, ध्रुमपान जस्ता सबै कुराहरु सेवन गर्ने र घरका सबैलाई झगडा गर्ने र डर धम्की दिने गर्ने गरेको प्रहरीको भनाई रहेको छ।

प्रहरीले आइतबार घरमा झगडा गरेपछि नरेश की श्रीमति गोमा वि।क, तीन वटा छोरी र एक छोरा घर भन्दा बाहिर गएका थिए। त्यसपछि उनले घरमा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ।

नरेशको शरीर पुरै जलेको छ भने घर भित्र भएको सबै समान जलेर नष्ट भएको छ । प्रहरीले श्रीमति राम्रोसँग बोल्न नसेकेको र घर भित्र के कति सम्पत्ति थियो भन्ने एकिङ्ग हुन सकेको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0