सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको एक प्रमुख पर्यटकिय स्थल घण्टाघरमा नयाँ घडी जडान गर्न लागिएको छ। हालसम्म १२ वर्षदेखि बन्द रहेको घण्टाघरका घडी सञ्चालनमा ल्याउने तयारीमा रहेको छ। सुर्खेत उद्योग वाणिज्य संघको पहलमा वीरेन्द्रनगर नगरपालिकाले करिब १२ लाख रुपियाँको लागतमा नयाँ घडी जडान गर्न लागेको हो।
घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको छ।
२०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो।
यसैगरी वीरेन्द्रनगर नगरपालिका उपप्रमुखले आफ्नो सामाजिक संझालमा “वीरेन्द्रनगर, सुर्खेतको घण्टाघरको घडी जडानको कामले मुर्तरुप लिदै ।।” हाल्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1