काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिएका छन। अनुगमनका लागि उनि बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका थिए।

सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो।

अनलाइन सेवा सुरु भए पनि कोटा प्रणाली लागू भएका कारण राहदानी लिने सेवाग्राहीले फाराम भर्ने नाममा अनेक झन्झट र अनावश्यक पैसा तिर्नु परेको गुनासो आउने गरेको छ। अनलाइन फाराम भरे पनि राहदानी लिने पालो महिनौँपछि मात्र आउने तर बिचौलियामार्फत एकै दिनमा राहदानी पाउने गरेका गुनासो सेवाग्राहीले गर्दै आएका छन्  । यस्तै चलखेलका कारण विभागमा राहदानी लिनेको भीड रातिदेखि नै सुरु हुने गरेको छ । पछिल्लो समय सर्वसाधारणले सेवा लिन घण्टौँ लाइन लाग्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0