जापान। जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ। एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो।
अघिल्लो दिन कोभिडले गर्दा २७१ जनाको मृत्यु भएको थियो। राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ।
देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो। राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ संक्रमित थपिएका छन्।
देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना छन्। यो मंगलबारको भन्दा ५ कम हो। टोकियोमा पनि कोभिडका गम्भीर बिरामी घटेर ४९ मा आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1