नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।

मंगलबार बसेको  माओवादी प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो । संसदीय देलको नेताका लागि चार जनाले दावी गर्दै अएका थिए ।

दावी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनै जना ब्याक हुँदा शर्मा सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेले पनि दलको नेताको टुंगो लगाएको छ । एमाले पोलिटब्युरो सदस्य एवम् प्रदेश ईन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन हुँदा प्रदेश अध्यक्ष विनोदकुमार शाह पछाडि हटेका छन् । कँडेल सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0