सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि तिव्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधरण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तिव्र गतिमा भइरहेको हो ।
पत्रकार महासंघका केन्द्रीय सदस्य एवं दीपेन्द्र शर्माले देशभरबाट आउने पत्रकारहरुका लागि वीरेन्द्रनगरका २२ वटा होटेलहरुको व्यवस्थापन गरिएको बताए । साधारण सभामा झण्डै ७ सय बढी पत्रकारहरुको सहभागिता हुने बताइएको छ । साधारण सभाको तयारीका लागि मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । महासंघको सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रमको तयारीमा कुनै कमी हुन नदिने बताए।

महासंघले सहभागि हुनेहरुका लागि चार छाक खान, बस्नको व्यवस्थापन गरेको छ। महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले ६७ बर्ष लामो इतिहासमा पहिलो पटक कर्णाली प्रदेशमा साधार सभा हुन् लागेको बताए। उनका अनुसार साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको छ। साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट दिने निर्णय गरेको छ भने केन्द्रीय सरकार समक्ष पनि बजेटको माग गरिएको उनले बताए।
साथै सुर्खेत जिल्लाका सबै स्थानीय तह र सुर्खेत उद्योग वाणिज्य संघलाई पनि आर्थिक सहयोगको माग गरिएको छ । यद्यपि अहिलेसम्म प्रदेश सरकार बाहेकका कुनैपनि निकायबाट बजेटबारे निर्णय भइसकेको छैन।महासंघका केन्द्रीय महासचिव रोशन पुरीले साधारण सभाको तयारी तिव्र गतिमा भइरहेका बताए । उनका अनुुसार कार्यक्रममा वैदेशिक शाखादेखि पत्रकारसँग सम्बन्धीत सम्पुर्ण शाखाहरुबाट प्रतिनिधिहरु सहभागी हुने छन् । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनेछिन् । यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेमपा (माओवादी केन्द्र) बाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखहरुलाई अतिथीको रुपमा सहभागिता जनाउने छन् ।

पुरीले ८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभात सुरु हुने ९ बजे उद्घाटन कार्यक्रम राखिएको छ । साधार सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ । खाना खाईसकेपछि बन्दसत्र सुरु गरिने छ । कार्यक्रमका लागि देशभरका पत्रकारहरु ७ गते बेलुका सुर्खेत आइपुग्ने छन् भने महासंघको केन्द्रीय समितिको बैठक पनि ७ गते वीरेन्द्रनगरमै बस्ने छ । महासचिव पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल गरिने छ । यस्तै साधारण सभाको अवसर पारेर कर्णाली प्रदेशमा महत्वपुर्ण स्थानहरुको फोटो पर्दशनी समेत गरिने कार्यक्रम राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0