
बुलबुले ताल सुर्खेत वीरेन्द्रनगरको पहिचान हो। सुर्खेत पुगेपछि पर्यटकहरू बुलबुले ताल नपुग्ने कोहि हुदैनन् । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामाकरण गरिएको ,यो ताल जति चर्चा गरे पनि बुलबुले ताल त्यस्तो ठूलो र विचित्रको भने छैन । सानो ताल भएता पनि यसको चर्चा र लोकप्रीयता धेरै छ ।
आजभोलि मुख्य बुलबुले तालको ठिक-केहि तल अर्को ठूलो मानव निर्मित ताल बनाइएको छ ।
पछिल्लो समय; बुलबुले ताल भन्दा केहि तल रहेको अर्को मानव निर्मित बुलबुले तालमा इलेक्ट्रिक मोटरबोट (motor boat) सन्चालनमा ल्याईएको छ भने सुर्खेतका वासिन्दाहरू निकै नै हर्षित रहेकाछन्। यहाँ दैनिकी हजारौं सङ्ख्यामा पर्यटकहरूको आगमन समेत हुने गर्छ। त्यहाँ टिकटक बनाउनेको भिड हुन्छ भने फेसबुकको रिलमा भिडियो भाइरल बनाउन सबैलाई आतुर हुन्छ। तर माथिको तालले जति महत्व र अर्थ बोकेको छ त्यति नै तलको तालले पनि अर्थ र महत्व बोकेको छ। अहिले जहाँसम्म मलाई लाग्छ त्यस मानव निर्मित बुलबुले तालमा वाटर इकोसिस्टम (water ecosystem) राम्रोसँग सेट हुन पाएको छैन। त्यहाँ भएको जलीय(aquatic)बोटबिरुवाहरू, प्राणीहरू राम्रोसँग अंगीकरण (adopt) हुन पाएका छैनन्। पानीको डाइभर्सिटी राम्रोसँग सेट भएको छैन ।
खासमा पहिलाकै मौलिक पनको ताल हुनुपर्ने हो र इलेक्ट्रिक मोटरबोट(electric motor boat)सञ्चालनमा नल्याई पहिलाकै काठे डुङ्गालाई प्राथमिकता दिनुपर्ने हो। यसरी मोटर बोट सञ्चालनमा ल्याउदै गर्दा जथाभावी पानीको प्राकृतिक पन , जलीय बोटबिरुवाहरू/प्राणीहरू मा समेत असर पर्न जान्छ र पुरानो जुन मौलिकता थियो त्यो ह्रास हुँदै जान्छ। अध्ययनहरूले पनि के भन्छ भने मोटरबोटले पानीभित्रको बोटबिरुवामा/प्राणीहरूमा असर गर्दछ। तिनिहरू थिचिन्छन्, छिनिन्छन् र मर्छन् । तिनीहरु राम्रोसँग पोषित( nourish )हुनबाट वन्चित हुन जान्छन्। त्यहाँ भएका माछाहरु बढ्न पाउँदैनन् । प्राकृतिक जैविक विविधता(natural biodiversity) कमजोर हुँदै जान्छन्।
ठिक छ मोटरबोट चल्नु राम्रो हो । केहिले रोजगारी समेत पाएका होलान् र केहि हदसम्म पर्यटन प्रबन्ध पनि भएको होला ।त्यो कुरा म मान्छु। तर यसले भोलिका दिनमा पार्ने असर , प्राकृतिक मौलिकता र सौन्दर्यताना पार्ने ह्रास बुझ्न जरुरि छ। साँच्चिकै भन्नु पर्दा मोटरबोट सन्चालनले बुलबुले तालमा रहेको water ecosystem मा हानि तथा क्षति हुनजान्छ। पुरानो बुलबुले तालको खास अस्तित्व र मौलिकता नै रहेन भने बुलबुले ताल सुर्खेतमा रहेको के अर्थ.? ताललाई ताल जस्तै हुन सबै कुराको समिश्रण हुनुपर्छ। त्यसैले आगामी दिनहरूमा यसले जटिल समस्या निम्त्याउन सक्छ। यसको लागि जलीय बोट, बिरुवा, प्राणीहरूलाई हानी-नोक्सानी नहुने तरिकाले दीर्घकालीन र विज्ञ योजनाको आवश्यक रहेको छ। यसमा सम्बन्धित निकायको समयमै ध्यानाकर्षण होस्।
विरोध गरेको होइन विचार राखेको हुँ ।
ललित कुमार चलाउने क्षेत्री

