सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालयले देशलाई चाहिने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने बताए ।
आज श्री शिव माध्यमिक विद्यालय धुलियाबिटको ४० औं वार्षिक उत्सव तथ अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विद्यालयले केवल सिकाउने मात्र नभएर देशलाई आवश्यक पर्ने योग्य र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने उल्लेख गरे ।
आजको आवश्यकता भनेको प्रतिस्पर्धा गर्न योग्य शिक्षा सहित राम्रो संस्कार भएको जनशक्ति उत्पादन गर्नु हो । हामीले दिने शिक्षामा असल संस्कारको कमी भएको हो कि जस्तो देखिन्छ ।
यस तर्फ अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो । आजको विद्यार्थी भाइबहिनीहरूमा शिक्षा सहितको संस्कारको कमी भएको हो कि जस्तो देखिन्छ ।
त्यस तर्फ पनि ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो । शिक्षा क्षेत्रलाई समस्यालाई समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको छ । सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षा सँग सम्बन्धित सबै सरोकार बालले साथ दिनु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।